हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट एक जना भारतीय नागरिक पक्राउ
हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भएर काठमाडौंको कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो ।
उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले जनाएको छ ।