हामीबाट राजनीतिक रूपमा नै केही गल्ती भएको छ: रास्वपा नेता गणेश कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको बताएका छन् ।
कार्कीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई हेरेर ‘प्रचण्ड’हरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ओली‘हरु’ले समर्थ र सद्भाव देखाउनुपर्ने । यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन त हामीले चाहेकै थिएनौं, तर भोगिरहेका छौ ।’

उनले राजनीतिक रूपमा नै केही गल्ती भएको भन्दै अझै केही गल्ती हुन लागेको संकेत गरेका छन् । ‘राजनीतिक रूपमा नै केही गल्ती त हामीबाट भएकै छ । केही गल्ती हामीबाट हुन लागेकै छ,’ कार्कीको भनाइ छ ।