एमालेले राष्ट्रपतिबारे माओवादीको औपचारिक निर्णय कुर्दै
नेकपा एमालेले राष्ट्रपतिबारे माओवादी केन्द्रको निर्णय कुर्ने भएको छ । पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति लिने र माओवादीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई साथ दिन सक्ने समाचारहरू आइरहेका र नेताहरूको दौडधुप चलिरहेका बेला एमालेले माओवादी केन्द्रको औपचारिक निर्णय आएपछि मात्रै ‘मुख खोल्ने’ नीति लिएको हो ।