अदालतमा आज निलम्बित सांसद अरुण चौधरीलाई उपस्थित गराइयो
उच्च अदालत दिपायलमा नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।
चौधरी १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।