घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । नेपाल आयल निगमलाई प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।
आज पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।