माधव नेपाल पुगे देउवा निवास
बुधबार दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीस्थित देउवा निवास पुगेका छन् ।
अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसालपनि पुगेका देउवा निकट स्रोतले जानकारी दिएकोको छ ।
नेता नेपालले बुधबार नै पार्टीको सचिवालय बैठकमा आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको सुनाएका थिए । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ ।