पुनर्गठन भयो नेपाल कराते महासंघ
लामो समयदेखि विवादमा रहेको नेपाल कराते महासंघ पुनर्गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा बिहीबार २१ सदस्य नेपाल कराते महासंघ पुनर्गठन भएको छ ।
महासंघका पूर्व सदस्यहरुसहितको महासंघको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रबिक्रम लाखे, महासचिव हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाईं, सचिव श्याम शेर्पा, बलराम मित्र, कोषाध्यक्ष सानुलाल श्रेष्ठ लगायत छन् ।
राखेपका पूर्व सदस्य सचिव लामालाई करातेको निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । उक्त कमिटीले ९० दिन भित्रमा चुनाव गरि सक्नु पर्न जिम्मेवारी छ ।
यसअघि उस्तै प्रकृतिका दुई संघ अस्तिस्तवमा रहेको भन्दै २०७५ सालमा पनि शम्भु आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो र निर्वाचन गर्ने जिम्मेवारी दिइएको थियो ।