सेन्ट लरेन्स कलेजलेमा मंसरि २७ गते नि:शुल्क स्वास्थ्य शविरि संचालन हुदै
काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले निःशूल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने भएको छ । यही मंसिर २७ गते मंगलबार कलेज परिसरमा सो कार्यक्रम गर्न लागिएको कलेज अध्यक्ष केशवप्रसाद दंगालले जानकारी दिनुभयो ।
काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी)को प्राविधिक सहयोग र लाइफ लाइन हेल्थ होम केयर प्राली (पोलिक्लिनिक एण्ड वेलसेन) पुल्चोकको सहयोगमा स्वास्थ्य शिविर गर्न लागिएको हो ।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, नाक कान घाँटी, भिडियो एक्स–रेका साथै ल्याव टेष्टको सेवा उलपलब्ध गराइने कलेजका अध्यक्ष दंगालले जानकारी दिनुभएको छ ।