स्वतन्त्र अभियानले लोकतन्त्र खतरामा
नेपालको राजनीतिक स्थितिमा कुनेै पनि प्रकारको पृष्ठभूमि नचाहिने र कुनै पनि राजनीतिक क्रियाकलाप तथा सामाजिक गतिविधिहरुमा सहभागि हुन नर्पेने र अहिलेको राजनीतिक परिवेश हेर्दा जो कोहि पनि राजनीतिमा होमिने अवस्था सिर्जना भएको छ । राज्यव्यवस्था नबुझेका, संविधान नबुझेका, राजनीतिक संस्कार नबुझेका र पार्टी पद्धति नबुझेका मानिसहरु सामाजिक संजाल र मिडियाका कारणले विभिन्न नाममा स्वतन्त्र उमेरदवारी दिने प्रचलन पछिल्लो समय ह्वातै बढेको देखिन्छ । काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपालिकामा बालेन्द्र शाह र हर्क साम्पाङको उदायले स्वतन्त्रको उम्मेदवारको लहर झनै बद्ढै गइरहेको देखिन्छ । यो लोकतन्त्रको लागि राम्रो कुरा भने होइन् २००७ साल, २०४७ साल, २०५२ साल देखि २०६२ साल सम्म नेकपा माओवादीले गरेको १० वर्षिय शस्सत्र जनयुद्व २०६२ / ६३ को जनआन्दोलन र त्यस पछि भएको तराई आन्दोलनले परिर्वतन गरेको उपलब्धी गुम्ने खतरा देखिदै छ । यो नेपालको राजनीतिक पार्टीहरुको अर्कमयण्ताको परिणाम हो । भ्रष्टाचार, घुसखोरी नातावाद तथा कृपावाद जस्ता दलहरुले गरेको हर्कतले गर्दा स्वतन्त्र अभियान चलेको र त्यसले लोकतन्त्र नै खतरामा पर्न थालिएको छ । यो स्वयम राजनीतिक पार्टीहरुको लागि चुनौति र खबरदारी हो । स्वतन्त्रको नाममा इन्जिनियर, डाक्टर , वकिल, कलाकार, किसान, पत्रकार, पाइलट,र शिक्षक सबै चुनावमा उठ्ने हो भने, भोट चाहि कसले कसलाई हालने हो ?????