बञ्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तारुढ ३ दल एकमत !
खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोके ।
वडाध्यक्ष पर्शराम अर्यालका अनुसार ढकाल खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ ।
नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे । फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन् ।
जनप्रतिनिधिको पहल प्रहरीले फोहोर फाल्ने ट्रक पत्ता लगायो । प्र. ३ —००३—१२४६ नम्बरको गाडीले फोहोर फालेको पत्ता लागेपछि चालकमाथि कारबाही सुरु भएको छ । नदी किनारमा फालिएको फोहोर पनि हटाउने काम भइरहेको छ ।
तारकेश्वरको अवरोध हट्दा नहट्दै नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा मर्यो । स्थानीयले सडक अवरुद्ध गरे । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायव उपरीक्षक (डीएसपी) पूर्णचन्द्र भट्टका अनुसार सम्बन्धित गाडीले क्षतिपूर्ति दिएपछि अवरोध हटेको छ ।