माओवादीमा २१ सदस्यीय पदाधिकारी
नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ ।
शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए । एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् । उपाध्यक्ष एक जना मात्रै रहने निश्चित भए पनि २१ जना पदाधिकारी नबढ्ने गरि उपमहासचिव र सचिवको संख्यामा भने हेरफेर हुने सक्ने एक जना स्थायी समिति सदस्यले बताए ।