लायन्स क्लब अफ काठमाण्डौ जोरपाटीको आयोजनामा सरसफाई तथा पोशाक र स्टेशनरी वितरण
लायन्स क्लब अफ काठमाण्डौ जोरपाटी तथा सङ्गम टोल सुधार समिति को संयुक्त आयोजनामा हिजो मिति २०७९ भाद्र ४ गते शनिबारका दिन सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्लब का अध्यक्ष प्रकाश अधिकारी , प्रथम उपाध्यक्ष्य निराजन श्रेष्ठ तथा क्लब का कोषाध्यक्ष माधव उप्रेती को सक्रिय उपस्थिति तथा टोल बासी को उल्लेखनीय सहभागिता मा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय वडा प्रतिनिधि वडा सदस्य सुमन लामा को पनि सहभागिता थियो ।
साथै
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डि अन्तरगर्त लायन्स क्लब अफ काठमाण्डौ जोरपाटी लगायतका बिभिन्न १५ क्लवहरुको संयुक्त आयोजनामा श्री भिमदेव आधारभुत विद्यालय, गोकणेश्वर नगरपालिका वडा नं २ मा School Uniform & Stationery Distribution Programme कार्यक्रम संम्पन्न गरियो । सो अवसरमा विद्यालयमा अध्ययनरत १५० भन्दा बडि बिद्यार्थीहरु लाई स्कुल ड्रेस, स्टेशनरी, माक्स तथा खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो । साथै विद्यार्थीहरुको ड्रेस सिलाउने प्रयोजनको लागी रु ७०,००० को चेक समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालीकाका मेयर श्री दिपक रिसाल ज्यू, अतिथि डिष्ट्रिक ३२५ डि का गर्भनर लायन बिष्णु भाई श्रेष्ठ ज्यू, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन रमेश लामा , द्वितीय भाइस गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय , नगरपालीका तथा वडाका प्रतिनिधि ज्यूहरु, डिष्ट्रिक क्याबिनेट टिमका लिडर ज्यूहरु, बिभिन्न जिम्मेबारीमा रहनु भएका लायन लिडर ज्यूहरु, बिभिन्न क्लवका प्रेसिडेन्ट ज्यूहरु, लायन साथिहरु, शिक्षक ज्यूहरु तथा विद्यार्थी भाई बहिनीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
आजको यस कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौ जोरपाटी को तर्फबाट सहभागी हुनु हुने लायन साथिहरु क्रमशः District Additional Secretary तथा क्लब का प्रथम उपाध्यक्ष्य निराजन श्रेष्ठ कोषाध्यक्ष लायन माधव उप्रेती ज्यू लाई सहभागीता तथा सहयोगको लागी धेरै धेरै धन्यवाद । तस्बिहरु





