पराजय हुन सक्छ उल्टो बाटो हिँड्दा झन्: भीम रावल
नेकपा एमालेका नेता भीम रावलले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्।वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ।
कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसो नगरी पराजय हुन सक्छ उल्टो बाटो हिँड्दा झन्।’ उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्।