उम्मेदवारी दिने रमेशजंगको दाबी शेखरको क्षेत्रबाट
नेपाली कांग्रेस नेता रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गरेका छन् । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुन् ।
संस्थापन पक्षका नेता रायमाझीले डा. शेखर कोइरालालाई चुनौती दिदै क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने बताएका हुन् । उनले उम्मेदवार बन्नका लागि पार्टी भित्र छलफल पनि सुरु गरेको अनलाइनखबरसँग बताए ।
२०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा डा. शेखर कोइराला उम्मेदवार बनेका थिए । त्यतिबेला उनी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका थिए ।डा. शेखर क्षेत्र नम्बर ६ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुपर्ने रायमाझी बताउँछन् । क्षेत्र नम्बर ६ मा पार्टीको उपस्थिति कमजोर भएको बताउँदै उनले पार्टीलाई विजयी गराउन आफूले उम्मेदवारी दाबी गरेको बताए ।