गोरखा नगरपालिकामा कडा प्रतिस्पर्धा काँग्रेस र एमालेबीच
गोरखा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । मेयर पदमा काँग्रेसका राजन राज पन्तले झिनो अग्रता बनाएका हुन् ।
पन्तले २२४४ मत ल्याउँदा नेकपा एमालेकी सम्झना देवकोटाले २२३९ मत ल्याएकी छन् । उपमेयरमा काँग्रसकै मसली माया थोकर पुनले २२७६ मत ल्याउँदै अग्रता बनाउँदा एमालेका देवीबहादुर बस्नेतले २११२ मत ल्याएका छन् ।