प्रजननमा असर साङ्लाले मन पराउन छाड्यो गुलियो खाना,
पोथी साङ्लाले गुलियो खानेकुरा मन पराउन छाडेको छ । वैज्ञानिकहरूले गरेको पछिल्लो अनुसन्धान अनुसार गुलियो खानेकुरा मन पराउन छाडेसँगै पोथी साङ्लाको प्रजननतर्फको झुकाव कम भएको हो, जसले साङ्लाको संख्यामा पनि असर पर्न थालेको छ ।वास्तवमा साङ्लाको प्रजननमा गुलियो खानेकुराको अहम् भूमिका रहन्छ ।पोथी साङ्लोलाई आफूतर्फ आकर्षित गरी सम्भोग गर्नका लागि भाले साङ्लोले विशेष प्रक्रिया अपनाउँछ ।
यस क्रममा भालेले आफ्नो शरीरको पछाडिको भाग पोथीतर्फ घुमाउँदछ, आफ्नो पखेटा फिजाउँछ र आफ्नो टर्गल ग्रन्थीबाट चिनी र चिल्लो पदार्थ निकाल्दछ । त्यसरी भालेले निकालेको चिनी र फ्याट खानका लागि जब पोथी साङ्ला नजिक आउँछ तब भालेले आफ्नो एउटा लिंगले पोथीलाई समाउँदछ र अर्को लिंगले पोथीको यौनांगभित्र शुक्रकिट हालिदिन्छ । यो प्रक्रिया ९० मिनेटसम्म चल्दछ । तर किटनाशक औषधिको प्रयोगले साङ्लाको यो प्रजननको तरिकामा तीव्र परिवर्तन भएको छ, जसले साङ्लाको जनसंख्या घट्न थालेको छ ।