गोकर्णेश्वर नगरपालिकाको काँग्रेस र्याली सभामा महामन्त्री गगन थापाले गरे सम्वोधन
क्षेत्रीय सभापति सन्तोष चालिसेको नेतृत्वमा नेपाली काँग्रेस काठमांडौँ जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले आज जोरपाटी चोकमा सभा गरेको छ । उक्त सभाको सम्बोधन गर्ने काँग्रेसका महामन्त्री गगन थापा आउनु भएको थियो । 
घरदैलो कार्यक्रम सकिएपछि सुन्दरीजलबाट जोरपाटी सम्मा र्याली आई कोण सभामा परिणत भएको थियो ।
महामन्त्री गगन थापा लगायत सभामा गोकर्णेश्वर नगरपालिका मेयर उम्मेदवार दिपक रिसाल, उपमेयर शन्ति नेपाल, काठमांडौँ क्षेत्र नं ३ क्षेत्रीय सभापति तथा निर्वातमान मेयर सन्तोष चालिसे, काठमांडौँ क्षेत्र नं ३ प्रदेश सभापति बिमल ठकुरी लगायत उम्मेदवार अध्यक्ष नारायण सुवेदी लगायतका उम्मेदवारले आफ्ना मन्तव्य राख्नु भएको थियो।

सो सभामा महासमिति सदस्य हरिवोल भण्डारी, महाधिवेसन प्रतिनिधिहरु, नौ वटै वडाका उम्मेदवारहरु लगायत नेपाली काँग्रेसका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फोटो फिचर