कमलामाईको उपमेयरमा माओवादी उम्मेदवारको मनोनयन दर्तै भएन
सिन्धुलीको कमलामाई नगरपालिकामा उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीर्घराज श्रेष्ठको मनोनयन दर्ता नै नभएको पाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचिमा रहेकाले मनोनयन दर्ता हुन नसकेको जनाएको छ ।
श्रेष्ठले कमलामाइ नगरपालिकाको उपमेयरमा सोमबार मनोनयन दर्ता गर्न विवरण पेश गरेका थिए । तर समानुपातिक सूचिमा नाम रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन नै हुन नसकेको जानकारी दिएको हो ।