विप्लव नेतृत्वको नेकपाका नेता खतिवडा र डाँगी रिहा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । जिल्ला अदालत मोरङको आदेशबाट उनी सोमबार धरौटीमा रिहा भएका हुन् ।
२०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो ।
अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको हो ।
खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् ।