५ बजेपछि उम्मेदवारी दर्ता गर्न हतारो
स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवार मनोनयनका लागि दुई दिन समय तोक्यो । दुई दिन समय तोक्दा समेत दलहरुले आफ्ना उम्मेदवारको उम्मेदवारी समयमै दर्ता गर्न सकेनन् ।
सोमबार बेलुका ५ बजेसम्मका लागि तोकिएको समय घर्किएपछि ललितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनेको लर्को लागेको छ । दिनभर जसो चौरमा बसेका उम्मेदवारहरू समय घर्किएपछि लाइन लागेका थिए । सोमबार रातोपाटीकर्मी ५ बजे ललितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा उम्मेदवार र समर्थकसहितको लाइन निकै लामो देखिन्थ्यो ।