प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ।
आज बिहान प्रचण्डको निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको छ। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।
यसैबीच सत्तागठबन्धनबीच चुनावी तालमेलको पनि तयारी छ।
तालमेलबारे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि छलफल भइरहेका छन्।