एमाले र जसपाबीच चुनावी तालमेलबारे छलफल
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नको लागि प्रमुख प्रतिपक्षी दल एमालेले जनाता समाजवादी पार्टी (जसपा)सँग छलफल थालेको छ ।
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंगलरबार जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन् । गुरुङ र भट्टराईबीच आगामी स्थानी तह निर्वाचनमा एमाले र जसपाबीच तालमेल गर्नेबारे छलफल भएको छ ।
यसमा एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएका छन् ।