नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाक्री
सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्।
समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्।
मन्त्री झाक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ सहर निर्माण हुन नसक्ने बताउँदै नयाँ सहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिइन्।
मन्त्री झाक्रीले सरकारले घोषणा गरेका नयाँ सहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गति लिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन्।