ओलीको प्रतिवेदन : तालमेलबारे जिल्ला कमिटीले निर्णय गर्न सक्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा तालमेलबारे निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई दिने प्रस्ताव गरेका छन् ।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एक्लै विजय हासिल गर्ने तयारीका साथ अघि बढ्नुपर्ने बताए ।
स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भए सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीको सहमति लिएर निर्णय गर्न सक्ने उनले बताएका छन् ।