एमालेको निशाना सभामुखतिर, महाभियोग प्रस्तावका लागि हस्ताक्षर संकलन
प्रमुखप्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।
सर्वोच्च अदालतका प्रधानव्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आईतबार सत्तापक्षका ९८ सांसदहरुले हस्ताक्षर गरेर महाभियोग दर्ता गरेका छन् ।
आईतबार बसेको एमालेको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
त्यस्तै एमालेको संसदीय दलको बैठक हाल अहिले बसिरहेको छ ।
नेकपा एमालेले आईतबार नै उपत्यका बाहिर रहेका नेता तथा सांसदहरुलाई संसदीय दलको बैठकमा उपस्थित हुन काठमाडौं आइपुग्न निर्देशन दिएको थियो ।