कांग्रेसले सभामुखलाई महाभियोग लगाए साथ दिन्छौं : रायमाझी
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको उनको स्पष्टोक्ति थियो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए ।