कमरेड लव श्रेष्ठ बाट नेकपा एमाले रामेछाप जिल्ला अधिवेशन मा अध्यक्ष को उम्मेदवारी।
कमरेड लव श्रेष्ठ बाट नेकपा एमाले रामेछाप जिल्ला अधिवेशन मा अध्यक्ष को उम्मेदवारी। प्राय जसो राजनीतिक पार्टी को अधिवेशन गाउँ, नगर, जिल्ला र प्रदेश हुँदै केन्द्र तिर सर्छ। तर नेकपा एमाले को अधिवेशन चाहिँ केन्द्र बाट जिल्ला तिर सरेको छ। यसै सन्दर्भ मा ने क पा एमाले रामेछाप जिल्ला संगठन कमिटी को नेतृत्व का लागि कमरेड लव श्रेष्ठ द्वारा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ।
मन्थली नगरपालिका वडा नम्बर ८ का श्रेष्ठ लामो समय देखि जिल्ला मा बसी नेकपा एमाले को विभिन्न भातृ संगठन, जनवर्गीय संगठन मा काम गरी हाल सचिवालय सदस्य हुनुहुन्छ। रामेछाप को मन्थली नपा वार्ड नं ८ बी सं २०५२ देखि नेकपा एमाले को पकड़ रहेको स्थान हो। तर उक्त ठाउँ बाट नेकपा एमाले संगठन कमिटी मा पटक पटक नेतृत्व को दावी गर्दा पनि पार्टी भित्र को गुट का कारण नेतृत्व पाउन सफल नभएको देखिन्छ। यस विषय का बारेमा पार्टी मा बौद्धिक व्यक्ति का रूपमा चिनिने त्यसै ठाउँ का तर हाल उपत्यका विशेष प्रदेश कमिटी का सदस्य कमरेड प्रकाश कुमार श्रेष्ठ को भनाई अनुसार रामेछाप को पार्टी मा म न पा ८ चिसापानी का कार्यकर्ताहरु पार्टी को गुट र उच्च तहका नेता को गुणगान गाउन नलागी पार्टी को काम मात्र गरिरहने हुनाले कमरेड लव श्रेष्ठ जस्ता नेता लाई पटक पटक पार्टी को नेतृत्व पुर्याउने प्रयास भए पनि आज सम्म सफल नभएको दावी गर्नु हुन्छ।
तर यसपटक कमरेड श्रेष्ठ को नाम मा सर्वसम्मत हुने सम्भावना पनि देखिन्छ। जिल्ला को भूगोल मा बसी लामो समय पार्टी को काम साथै सामाजिक का मा संलग्न कमरेड लव श्रेष्ठ यस अघि भएका संसदीय र प्रदेश सभाको चुनाव मा त्यसै जिल्ला बाट उम्मेदवार दिनु भएका र हाल एमाले का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड कैलाश ढुंगेल निकट हुनुहुन्छ उक्त निर्वाचनमा मा धेरै जसो युवाहरु कमरेड दुङ्गेल को उम्मेदवारी बाट असंतुष्ट भएकै बेला युवा नेता कमरेड लव श्रेष्ठ भने पार्टी को निर्देशन अनुसार कमरेड कैलाश ढुंगेल लाई जिताउन मस्तिष्क मा समझदारी, काँध मा जिम्मेवारी र हृदय मा इमान्दारी का साथ लाग्नु भएको थियो ।
कमरेड लव अर्का केन्द्रीय सदस्य कमरेड माधव ढुंगेल का समकालीन हुनुहुन्छ। नेकपा एमाले रामेछाप मा कमरेड लव श्रेष्ठ को उम्मेदवारी लाई लिएर भूगोल मा बसी पार्टी काम गर्ने आम पार्टी पंक्ति ले आफ्नो हौसला बढेको जनाएको छ।