प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ, त्यो हामीलाई मान्य छैन: प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए।
बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको बैठकमा वैशाखमा संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए।