मलाई चुनौती दिन पनि पाइन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन् ।
रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको उनले बताए । रावलको सुझावबाट आफू प्रभावित भएको भन्दै ओलीले भने, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’
मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफू अध्यक्षको उम्मेदवार भए कसैलाई पनि छाडिदिनुस् भनेर सामान्य आग्रह समेत नगर्ने बताए ।