पत्रकारलाई सर्वोच्चमा रोक
सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ।
कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो। सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन।
यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। तर आज भने प्रवेशमा रोक लगाइएको छ।