उस्तै परे आज मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार हुन सक्ने बताएका छन् ।
पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले भने– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता (मन्त्रिपरिषदले) पाउँछ ।
उनले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताए । यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।