आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने
सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।
यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।