अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै पूर्वन्यायाधीश केसी सर्वोच्चमा
अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी आदेश भएको भन्दै पूर्वन्यायाधीश बलराम केसी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिँदै न्यायाधीश हरि फुयालको एकल इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।
यसले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसी निवेदन लिएर पुगेका हुन् । उनले न्यायाधीश फुयालको इजलासले दिएको आदेश खारेजीको माग गरेका छन् ।
उनको निवेदन दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।