शेखर कोइरालाले गरे राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गरेका छन्।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।
उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भने भइसकेको छैन। अध्यादेशलाई लिएर सत्तारूढ कांग्रेसकै केन्द्रीय सदस्यबाट विरोध भएको छ। सरकार सञ्चालनको सुविधाका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुन सक्ने भए पनि त्यसको कोइरालाले विरोध गरेका हुन्। ‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुन सक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले आज ट्वीट गर्दै भनेका छन्, ‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनुपर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन।’