माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) नयाँ पार्टी दर्ता भएकोबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको छ । यो पार्टी अहिले संसदको चौथो ठुलो दल भएको छ । दोस्रो पुस्ताले छोडे पनि तेस्रो पुस्ता र पहिलो पुस्ताका नेताहरुले माधव नेपालको नयाँ पार्टीलाई साथ दिएका छन् ।
यसै विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ९४ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले दोस्रो पुस्ताका एमाले नेताहरु मुल पार्टीमा नै फर्कने कदम लाई कस्तो लाग्यो? ,माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले आउने चुनाबमा मुलघारको राजनितीक पार्टी बन्न सक्ला ? जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :
माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) नयाँ पार्टी दर्ता