कोरोनाका कारण गण्डकी प्रदेशमा दुई सय ४१ जनाको मृत्यू
गण्डकी प्रदेशमा कोरोनाका कारण दुई सय ४१ जनाको मृत्यू भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माले प्रेस बिज्ञप्ती जारी गर्दै बिहिवार बिहान थपिएका चार सहित मृतक संख्या दुई सय ४१ पुगेको बताए ।
आज थपिएका चार मध्ये ३ जना पोखरा महानगरपालिका र एक जना म्याग्दीका रहेका छन् ।
साभार : दरौंदी गोरखाको पहिलो पत्रिका