कमरेड अलिकति शिष्ट बनौं; भोलि हिड्ने बाटो उही हो।
वि सं १८२७ देखि एकीकृत नेपाल का उपल्लो शासकहरू शासकीय शक्तिभोग गर्न गुट र झुण्ड बनाई निरंतर लागिरहेको इतिहास बाट हाम्रो देश गुज्रिरहेको छ। शासकीय शक्ति भोग को आधुनिक काल बि सं २००८ देखि सुरु हुनु भन्दा दुई वर्ष अगाडि आम जनता को सर्वोपरि शान का लागि कमरेड पुष्प लाल श्रेष्ठ ले नेपाल कम्युनिष्ट पार्टी को स्थापना गर्नु भयो। यद्यपि शासक वर्ग भित्र नै जन्मेका केशरजंग रायमाझी ले बि सं २०१३ साल को सेरोफेरो मा कमरेड पुष्प लाल श्रेष्ठ लाई पार्टी बाट बर्खास्त गरी दरबारिया र घरानिया शासक को नजदीक कम्युनिष्ट पार्टी लाई पुर्याए। त्यो बेला पार्टी प्रतिबंधित भए पनि पुष्प लाल ले कम्युनिष्ट पार्टीलाई आम जनता कै समीप मा राखी नेपाल को राजनीति मा उत्पीडित वर्ग को मुद्दा निरन्तर अगाडि बढाइ रहनु भयो। फलस्वरूप बि सं २०२० को दसक देखि तत्कालीन युवा हरु यो वा त्यो समुह बनाई नेपाल को कम्युनिष्ट आन्दोलन मा सहभागी भए। वि सं २०३६ साल सम्म आइपुग्दा नेपाल मा थुप्रै कम्युनिष्ट घटक को प्रादुर्भाव भएसँगै कम्युनिष्ट आन्दोलन प्रति आम जनता को लगाव र भरोसा पनि वृद्धि हुँदै गयो।
कम्युनिस्ट पार्टी को पहुंच आम जनताका विभिन्न तप्का किसान, मजदुर, शिक्षक, विद्यार्थी, महिला, उत्पीडित समूह र आम जनता का घर भान्छा सम्म पुग्यो र नेपाल को राजनीति मा कम्यूनिष्ट समर्थक आम समुदाय को संख्या उल्लेख्य रूपमा सशक्त उपस्थित भयो। पार्टीगत राजनैतिक स्वतंत्रता र दलीय प्रतिस्पर्धा का आधार मा देशको सासन सञ्चालन का बि सं २०४६ साल मा भएको जन आन्दोलन सम्म आइपुग्दा विभिन्न समुह मा विभक्त कम्युनिस्ट पार्टीहरू को मोर्चा गठन गरी बहुदलीय व्यवस्था को लागि आन्दोलन गर्ने तह सम्म पुगे। फलस्वरूप नेपाल का कम्युनिष्ट हरु बाम मोर्चा मा परिणत भए। उक्त आन्दोलन को आंशिक सफलता पछि भएको आम चुनाव सम्म बाम मोर्चा को एकता टुटी सकेको थियो। यही कारण अपार जन समर्थन हुँदा पनि कम्युनिष्ट पार्टी सख्यात्मक दृष्टि मा देशको शासकीय प्रणाली मा कम निर्वाचित भए। एही काल खण्डमा मा विश्व को बदलिँदो राजनैतिक र सामाजिक आर्थिक वातावरणलाई मध्यनजर गर्दै कम्युनिष्ट पार्टी लाई बहुदलीय चुनावी प्रतिस्पर्धा बाट सत्ता मा पुर्याउन सकिन्छ भन्ने मूल मान्यताकासाथ जनताको बहुदलीय जनवाद को सिदान्त प्रतिपादन गर्दै कमरेड मदन कुमार भण्डारी को नेतृत्व र कमरेड मन मोहन अधिकारी को अभिभावकत्व मा नेकपा एमाले ले नेपाल को कम्युनिष्ट आन्दोलन मा सशक्त उपस्थिति देखायो।
यी विभिन्न काल खण्ड मा नेपाली राजनीति भित्र मूल कुरा भन्दा पनि केही साना मुद्दा लाई हेर्ने दृष्टिकोण का नाम मा कम्युनिष्ट हरु विभक्त भइरहे। एक ले अर्का लाई गद्दार, संशोधन बादी भन्दै आरोप लगाई रहे र कम्युनिष्ट आन्दोलन को विभाजन लाई मलजल गरी रहे जसको परिणाम अधिक संख्या मा कम्युनिष्ट विचारधारा का जनता भए पनि कम्युनिष्ट अर्थात बामपन्थी हरुले कहिल्यै पनि राज्य सत्ता मा आफूलाई उपस्थित गराउन सकेनन्। यसको एक मात्र कारण थियो कम्युनिष्ट हरु एक आपस मा तथाकथित सिदान्त का नाम मा व्यक्तिगत गालि गलौज गरी फुट परस्त हुनु। यसै क्रम मा कम्युनिष्ट हरु को एक घटक नेकपा माओवादी ले बि सं २०५० देखि नेपाली जनता को हित र मुक्तिकलागी सशस्त्र आन्दोलन को सुरुवात गर्यो। दस वर्ष जनयुद्द भनिएको त्यो आन्दोलन को अंतिम मा नेपाल का अन्य बामपन्थी पार्टी, प्रजातान्त्रिक पार्टी र युद्धरत माओबादी पार्टी को अघोषित एकताबद्ध आन्दोलन बाट दुई शतक लामो राजतन्त्रात्मक सासन व्यवस्था को अन्त्य गरी संविधान सभा को गठन बाट संविधान निर्माण गरी नेपाल मा संघीय लोकतान्त्रिक शासन व्यवस्था को सुरुवात भयो। यतिन्जेल सम्म पनि कम्युनिष्ट घटक हरु एक आपस मा गालि गर्दै राजनीति गर्न अभ्यस्त नै रहे। यस अवस्था मा बाम बुद्धिजीवी हरु ले यदि नेपाल मा बामपन्थी हरु एकताबद्ध नहुने हो भने शासन गर्न होइन साशित हुन मात्र लाएक हुनेछन् भन्ने निष्कर्ष का साथ पार्टी का नेताहरुलाई सजक गराउन थाले फलस्वरूप बि सं २०७४ साल मा सम्पन्न आम निर्वाचन मा बामपन्थी हरु को चुनावी गठबंधन ले झण्डै दुई तिहाई बहुमत ल्याउन सफल भए, यद्यपि कम्युनिष्ट पार्टी का नेताहरु फुट परस्त र एक अर्का लाई गालि गर्ने धङधङी बाट मुक्त भइसकेका थिएनन्। यस परिस्थिति मा कम्युनिष्ट हरु को सत्तारोहण दिगो र जनादेश अवधि सम्म टिक्न सकेन। सत्ता पक्ष र प्रति पक्ष को भुमिका मा कम्युनिष्ट हरु नै रहे। झण्डै दुई तिहाई बहुमत प्राप्त भएता पनि संघीय संसद को दुर्घटना पूर्ण विघटन भयो। राजनैतिक स्थिरता दुर्लभ भयो। फेरि निर्लज्ज गालि गलौज मा उत्रे। सार्वजनिक स्थान मा ठूला ठूला स्वर ले निजी गालि गर्न सुरु गरे।
यस अवस्था मा कम्युनिष्ट समर्थक जनता हरुले नेता हरु लाई भन्ने एक मात्र वाक्य छ , कमरेड हरु अलिकति शिष्ट बनौं, भोलि हिड्ने बाटो उही हो।