संसद पुनर्स्थापना कि चुनाव गर्ने विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
अहिले संसद पुनर्स्थापना वा चुनाव भन्ने विषयले राजनीतिक सरगर्मी बढेको छ । एकातीर अदालतमा बहस जारी छ भने अर्कोतीर दलहरु विरोध र समर्थनमा नारा जुलुसमा ब्यस्त छन् । यसले आमजनमानसमा राजनीतिक अन्यौल सँगसँगै वितृष्णा पनि बढिरहेको छ।
अदालती बहस र नारा जुलुस निरन्तर भएसगैँ देशको राजनितिक क्षेत्र अस्तव्यस्त रहेको अवस्थामा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ३२ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले संसद विघटनको कुरालाई लिएर पूर्व प्रधानन्यायाधिशहरुले जारी गरेको विज्ञप्ती प्रति धारणा, संसद पूनर्स्थापनाको पक्षमा अहिले देशभर भइरहेको राजनितिक विरोध, नारा,जुलुसको विषयमा आमजनताको सोचहरु समेटेका छनु ।
मतदान गर्नको लागी :