मिडियाको कभरमा एउटा अपराधिक समूह नारायणकाजीको चरित्र हत्यागर्न सक्रिय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक र असान्दर्भिक विवादमा जबर्जस्त नकारात्मक अभिप्राय प्रयास भैरहेको छ । कोरोनाभाइरसको संक्रमण भई हालै नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएसँगै श्रेष्ठ र लामाबीच ‘लेनदेनको विवाद’ भएको भन्दै यथार्थको विषयान्तर गरी प्रवक्ता श्रेष्ठलाई विवादमा तान्ने प्रयास भैरहेको हो ।
नेता लामाको निधनसँगै एउटा ‘विवादित लेनदेन’ मा नेकपाका प्रवक्ता श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । दिवंगत लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य) लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाव दिएका छन्