नेकपा प्रचण्ड–नेपाल समूह पुग्यो निर्वाचन आयोग
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
शुक्रबार प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटनविरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।