रुपन्देहीको सैनामैनामा दुई अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाइने
रुपन्देहीको सैनामैनामा क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ ।
नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीका अनुसार १५ विगाहा क्षेत्रफलमा गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने गरी काम अगाडी बढेको छ । रंगशाला नेपालकै ठुलो र नमुना हुने दावी नगरपालिकाले गरेको छ ।
सैनामैना ७ लम्टैयामा रहेको करिब १५ बिगाह सार्वजनिक जग्गामा उक्त क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निमार्णको काम नगरपालिकाले अगाडी बढाएको कार्कीको भनाइ छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट नजिक रहेको यस स्थान भारत सग पनि नजिकको दुरीमा रहेको छ । लुम्विनीबाट करिब १२ कि.मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला ९० यार्डको रहने नगरपालिकाले जनाएको छ ।
पुर्व पश्चिम राजमार्गबाट २ किलोमिटर दक्षिणतर्फ बन्न लागेको यस रंगशाला नेपालका मात्रै नभइ भारतीय दर्शकलाई पनि आर्कषण गर्ने गरी निर्माण गरिने मेयर कार्कीले बताए ।