गोरखा नगरपालीका वडा नं ४ मा वडा अध्यक्षबाट विकास निर्माण कामको निरन्तर अनुगमन
(काठमाण्डौं) गोरखा नगरपालीका वडा नं ४ मा सडक स्तरोउन्नतीका काम भईरहेको छ ।
गोरखा न.पा.०४ स्थित पन्थेश्वारा बाट गोरखा बजार जाने बाटोको लागी गोरखा नगरपालीकाबाट विनियोजित रकमबाट सडक स्तोरउन्तिको काम भएको हो ।

गोरखा न.पा.बाट आर्थिक वर्ष ०७७/०७८ को बजेट बाट विनियोजन भएको रु ७ लाख रुपैयांको लागतमा उक्त सडकको स्तरउन्नतिको लागी कचओय ढलान भईरहेको गो.न.पा.४ का वडा अध्यक्ष रामशरण अधिकारीले बताएका छन् ।

वडा अध्यक्ष अधिकारीका अनुसार उक्त सडक स्तरउन्नतिको लागी कचओय ढलानको काम आफुबाट निरन्तर अनुगमन हुनाका साथै ढलानमा आवश्यक सामानहरु गुणस्तरीय प्रयोग भईरहेको बताएका छन् ।
