बझाङमा जिप दुर्घटना, ४ जना घाइते, भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
बझाङ : बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् भने एक जनाकाे अबस्था गम्भीर रहेकाे छ । सदरमुकाम (चैनपुर)बाट तल्कोट गाउँपालिकाका लागि हिडेको जिप जिल्लाकाे जयपृथ्वी नगरपालिका-११ भोपुर आर्मी व्यारेक स्थीत दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । जसमध्ये एकजनाको अवस्था गम्भीर भएसंगै टाउको र शरीरमा चोट लागेकाे प्रहरी ले जनाएकाे छ । गम्भीर घाईते हुनेमा जयपृथ्वी नपा ११ का २१ वर्षीय अग्निराज जोशी रहेकाछन उहाकाे जहाज मार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ भने अरु सामान्य घाईतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको बताईएकाे छ । घाइते हुनेमा मष्टा ४ का ४२ वर्षिय सवारी धनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नपा ११ का २० वर्षिय भरत जोशी रहेका छन् । उनीहरू ३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।