यौन दुर्व्यहार गर्ने शिक्षकविरुद्ध पीडित शिक्षिकाले दिइन् उजुरी
काठमाडौँ । विद्यालयमै शिक्षकबाट दुर्व्यवहार खेपेकी शिक्षिकाले बिहीबार प्रहरीमा गएर लिखित उजुरी दर्ता गरेकी छन् । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले १८ वर्षभन्दा माथिकाले सिधै अदालतमा गएर मुद्दा दिनसक्ने भएपनि प्रहरी सार्वजनिक अपराधमा मुद्दा दर्ता गर्नसक्ने बताए ।
एसपी चन्दकाअनुसार सार्वजनिक अपराधमा ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय घोराहीमा गएर आफूलाई दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेकी छन् ।
जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्काले पीडितको जाहेरी अनुसार मुद्दा दर्ता गरिएको जानकारी दिए । घोराहीस्थित सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक रामकुमार रानाले सोही स्कुलकी एक शिक्षिकालाई दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बुधवार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
२३ वर्षीय शिक्षक राना घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी हुन् । शिक्षक रानाले भिडियोमा ती शिक्षिकालाई आफ्नो गुप्ताङ्गमा कैंची राखेर निकाल्ने गरिहेको भिडियोमा देखिन्छ ।
पीडितको ठाडो जाहेरीका आधारमा बुधवार दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । ती शिक्षक पक्राउ परेको दोस्रो दिन पीडितले प्रहरीमा गएर उनीविरुद्ध लिखित जाहेरी दिएकी हुन् ।
घटनावारे अनुसन्धान भइरहेको खड्काले बताए ।