चीनमा ७ महिनामा १,३१० किलोमिटर रेलमार्ग विस्तार
(बेइजिङ) चीनमा जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४ सय किलोमिटर रेलसेवा सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।
यस वर्षको पहिलो सात महिनाको अवधिमा १ हजार ३ सय १० किलोमिटर नयाँ रेलवे लाइन सुरु भएको छ । जसमा ७ सय ३३ किलोमिटर उच्च गतिको रेलमार्ग भएको कर्पोरेसनले जनाएको छ ।
चीनले जुलाईमा मात्रै रेलसम्बन्धी संरचनामा मात्रै ६७ अर्ब चिनियाँ युआन लगानी गरेको छ । ठूला र मध्यम आकारका रेल्वे आयोजनामा मात्रै पछिल्लो महिना ४९.९ अर्ब चिनियाँ युआन लगानी भएको छ ।