ट्विटरले राजनीतिक विज्ञापन रोक्ने
(काठमाडाैं) सोसल नेटवर्किङ साइट ट्विटरले आफ्नो साइटमा राजनीतिक विज्ञापन रोक्ने भएको छ । ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले सबै राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेका हुन् ।
इन्टरनेटमा गरिने विज्ञापन निकै शक्तिशाली र प्रभावकारी हुने भन्दै डोर्सीले व्यापारको विज्ञापन ठिकै भएपनि राजनीतिक विज्ञापनले ठूलो जोखिम पनि ल्याउने बताए । यसका विपरित फेसबुकले राजनीतिक विज्ञापन बन्द नगर्ने जनाएको छ । यस विषयमा विषयमा अमेरिकाका राजनीतिक दुई समूहमा विभाजित भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका ब्राण्ड म्यानेजर ब्रेड पास्कलले यो ट्रम्प र कन्जरभेटिभलाई चुप लगाउने कोसिस भन्दै टिप्पणी गरेका छन् । तर राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वीले जो बाइडनका प्रवक्ता बिल रुसोले यो कदम प्रजातन्त्रको जीत भएको बताए । यो प्रतिबन्ध नोभेम्बर २२ बाट कार्यान्वयन हुने बताइएको छ ।