दशैंको बेला बढी भाडा लिने १७ वटा गाडी कारबाहीमा
(काठमाडौं) दशैंको बेला यात्रुहरुबाट मनलाग्दी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् ।
यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय सिरहा र महोत्तरीले पाँच–पाँचवटा तथा जिल्ला ट्राफिक कार्यालय पर्साले चारवटा सवारी साधनलाई कारबाही गरेका छन् । यस्तै जिल्ला ट्राफिक कार्यालय सर्लाहीले दुईवटा र प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले एउटा टाटा सुमोलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।