चीनमा विशाल “स्टारफिस” विमानस्थल खुल्यो
(बेइजिङ)
चीनमा “स्टारफिस” आकारको अत्याधुनिक विमानस्थल औपचारिक रुपमा उद्घाटन गरिएको छ । यो चीनको सबैभन्दा ठूलो विमानस्थल हो ।
यसमा चार रनवे रहेका छन् । उक्त विमानस्थल बढाएर सन् २०४० सम्म ८ वटा बनाइनेछ । त्यसपछि यो विमानस्थलमा एकै वर्षमा १० करोड यात्रु आउन सक्नेछन् ।
राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीनको ७० औँँ वार्षिकोत्सवअघि उद्घाटन गरेका हुन् ।
४६ किलोमिटर दक्षिणमा रहेको दाक्सिंग जिल्ला र लांगफांगको सीमामा रहेको सो विमानस्थल ७० हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यो विमानस्थलको क्षेत्रफल करिब ९८ फुटबल मैदान बराबर छ । यो विमानस्थल ११ अरब डलरको लागतमा निर्माण गरिएको हो ।
यो संसारकै सबैभन्दा व्यस्त विमानस्थलको सूचीमा पर्नेछ । यसमा अन्तर्राष्ट्रिय, घरेलुसहित विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि अलग अलग टर्मिनल रहेका छन् ।