काठमाडौंमा थाई महोत्सव २०१९ आयोजना हुँदै छ ।
महोत्सवबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्स्कुलले नेपाल–चीन कूटनीतिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले थाइल्याण्डका विभिन्न परिकार, संस्कृति, उत्पादन र पर्यटनको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए ।
राजदूत तान्स्कुलले भने, ‘नेपालमा आयोजना हुने यो महोत्सव तेस्रो हो, हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्ने गरेका छौं । महोत्सवमा थाइल्याण्डमा उत्पादन भएका विभिन्न उत्पादन, त्यहाँको संस्कृति र पर्यटनका बारेमा जानकारी पाउन सकिन्छ । महा]त्सवले गर्दा दुई बीचको सम्बन्ध अझ मजबुत हुनेमा म विश्वस्त छु ।'
काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटलमा सञ्चालन हुने उक्त महोत्सवमा ४० भन्दा बढी स्टल रहने महोत्सवका संयोजक सरोज रन्जितले बताए ।