बझाङमा वडा कार्यालयमा तोडफोड र आगजनी स्थानिबासी त्रसित
बझाङ, १० असार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज बझाङमा बिहानैदेखि प्रभाब देखिएको थियो ।बन्दका कारण बझाङको जनजीवन बिहानैदेखि प्रभावित भएको भएसंगै लामो तथा छोटो दूरीका यातायातका कुनै पनि साधन चल्न सकेकाछैन्न ।
विप्लव नेकपाले गरेको बन्दका क्रममा विभिन्न स्थानीय तहमा शंकास्पद वस्तु फेला परेको छन भने केही स्थानमा आगजनीसमेत भएको छ । जिल्लको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनीको प्रयास भएको छ । अज्ञात समूहले बिहान ४ बजे वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगो लगाएको वडा नम्बर ३ का वडाअध्यक्ष कलक वलीले जानकारी दिए ।
वडा कार्यालय पडेश गाँउ नजिकै भएका कारण स्थानीय बासिन्दाले तत्कालै थाहा पाएपछि आगोलाई नियन्त्रणमा लिएको उनको भनाइ रहेको छ । आगजनीबाट वडा नम्बर ३ को मुल ढोकामा सामान्य क्षति पुगेको वडा अध्यक्ष वलिले बताएका छन। त्यस्तै, बिहान ४ बजे वित्थडचिर गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा अज्ञत समूहले आगजनी र तोडफोड गरेको छ । आगजनीबाट वडा कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हर्क धामीले बताएका छन ।
उनका अनुसार कागजात जलाइएपछि नियमित कार्यालयको कामकाज ठप्प भएको छ । यस्तै, वडा नम्बर ६ मा रहेको भगवती प्राविको कक्षाकोठामा समेत तोडफोड गरी टेबलकुर्सी जलाइएको अध्यक्ष धामीले जान्कार िदिएकाछन।
उताबुंगल नगरपालिका वडा नम्बर ११ मा समेत शंकास्पद बस्तु राखिएको जनाएको छ । वडा नम्बर ११ को मुल ढोकामा जिआइपापबाट मोबाइटको ब्याट्रीमा तार बेरेर वडा कार्यालयकोभित्र दुई वटा तार राखीएको वडा सदस्य नरबहादुर पातलीले जान्कारी दिएका छन ।
उनकाअनुसार कसले राखेको हो भन्ने केही पनि जानकारी नभएको तर अहिले उक्त कुराको जानकारी सुरक्षा निकायलाई जानकारी गराएका छन् ।